जसपाको बैठक जारी, मन्त्रीबारे टुंगो लाग्ने काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यसमितिको बैठक बसिरहेको छ। मंगलबारदेखि दैनिक बसिरहेको बैठक आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी रहेको पार्टी प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले बताए। आकांक्षी बढी हुँदा जसपालाई मन्त्री छनोटमा सकस परिरहेकाले आजको बैठकबाट सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाएरै छाड्ने खतिवडाले बताए। बुधवारको सत्तारुढ गठबन्धनको बैठकमा प्रधानमन्त्रीले चाँडो मन्त्री टुंग्याउन दलहरूसँग आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्