४ माओवादी नेताको सांसद पद जोगिएला त ? काठमाडौं।माओवादी केन्द्रले कारबाही गरेपछि सांसदबाट पदमुक्त भएका चारजना नेताको रिट आज पेसीमा चढेको छ।उनीहरुको पेसी वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा सुनुवाइ हुने भएको छ।टोपबहादुर रायमाझी,लेखराज भट्ट,प्रभु साह र गौरीशंकर चौधरीले बुधबार रिट दर्ता गरेका थिए।उनीहरुले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगमा रहेको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सांसद पदमा पुनर्वहालीका लागि अन्तरिम आदेश माग गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्