सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दै, मन्त्रिपरिषद विस्तारको तयारी काठमाडौं। सत्तारुढ गठबन्धनमा सहभागी शीर्ष नेताको बैठक आज बिहान साढे आठ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। बैठकमा मन्त्रालय भागबण्डाको विषयमा छलफल हुनेछ। आजै मन्त्रिपरिषद् विस्तार हुन सक्ने कांग्रेस नेता पुर्णबहादुर खड्काले बताए। बैठकमा सरकारका अन्य गतिविधिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। हिजो बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने र सरकारको साझा कार्यक्रम ल्याउने समझदारी बनेको थियो।
प्रतिक्रिया दिनुहोस्