जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। मन्त्रालयको टुंगो लागे आजै सरकारमा सहभागी हुन सकिने नेता मोहम्मद इस्तियाक राईले बताए। ६ मन्त्रालय पाउनुपर्ने जसपाको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलहरुपनि सकारात्मक रहेको नेता राईले दाबी गरे। उनकाअनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्