मन्त्रीबारे निर्णय गर्न जसपाको बैठक भोलि पुनः बस्ने काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को बुधवारको बैठकले मन्त्री छनोटबारे टुंगोमा पुग्न नसकेपछि भोलि पुनः बस्ने भएको छ। मन्त्रीमा कसलाई पठाउने विषयमा छलफल भएपनि कुनै व्यक्तिको विषयमा छलफल नभएको प्रचार–विभाग प्रमुख डम्बर खतिवडाले बताए। “मन्त्री पठाउने विषयमा सैद्धान्तिक छलफल भएको हो। तर व्यक्तिका विषयमा कुनै छलफल भएन,’उनले भने। सरकारमा संलग्नताबारे सैद्धान्तिक छलफल मात्रै भएको उनको भनाई थियो। बैठक भोलि ११बजे पुनः बस्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्