एमाले एकताको कुरा आउँदा गठबन्धनका नेताहरु झस्किन्छन्–देवेन्द्र दाहाल काठमाडौं। राष्ट्रिय सभाका सदस्य देवेन्द्र दाहालले नेकपा एमालेको एकताको कुरा आउँदा सत्तारुढ गठबन्धनका नेताहरु झस्किने गरेका आरोप लगाएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै दाहालले अदालतको परमादेशबाट बनेको सरकारले जतमतको दुहाई दिन नमिल्ने बताए।२०७४पछि निर्वाचन नभएको र त्यसबेलाको जनमत एमालेको पक्षमा रहेको स्पष्ट पार्दै दाहालले वर्तमान प्रधानमन्त्रीले सत्ताको दुरुपयोग र अदालतलाई प्रभावमा पारेर हत्यारा र भ्रष्टाचारी उन्मुक्ती दिने खेलमा लागेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्