म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफु एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रमै रहेको दावी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन। रिटमा उनले लेखेका छन्–“नेकपा एमालेमा म आजसम्म औपचारिकरुपमा प्रवेश गरेको छैन,पार्टी सदस्यता लिएको छैन। नेकपा माओवादीको सदस्य छु।”पार्टीले कारबाही गर्दा स्पष्टीकरण नसोधेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्