मन्त्रीको नाम टुंग्याउन जसपा कार्यकारिणी समितिको बैठक बस्दै काठमाडौं।पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंग्याउन जनता समाजवादी पार्टी(जसपा)को कार्यकारिणी समितिको बैठक बस्दैछ।ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकले पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने जनाइएको छ।हिजोको बैठकले संसदीय दलको विधान पारित, संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति गठन, कार्यकारिणी समितिको पुनर्गठन, पार्टीको निर्णय नमान्ने प्रदेश र स्थानीय जनप्रतिनिधिहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्