उपेन्द्र यादवद्वारा ठाकुर पक्षमाथि कारबाही सुरु, पहिलो निशानामा प्रदेश र स्थानीय तहका जनप्रतिनिधि काठमाडौं। उपेन्द्र यादवले महन्थ ठाकुर पक्षमाथि कारबाही गर्न सुरु गरेका छन्। निर्वाचन आयोगले जसपाको आधिकारिता दिएको भोलिपल्ट बसेको यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठकले ठाकुर पक्षका प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरेको छ। यस्तै, बैठकले पार्टी निर्णय नमानेर स्पष्टीकरण सोधिएका स्थानीय तहका जनप्रतिनिधिहरूलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको नेता डम्बर खतिवडाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्