प्रदेशको नामकरणबारे मुख्यमन्त्री राईले सुरु गरे छलफल काठमाडौं। प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले आजदेखि छलफल गर्न थालेका छन्। चालू अधिवेशनबाटै प्रदेशको नाम राख्ने गरी तयारी भएकाले प्रदेश नं १ को प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन्। आगामी सूचना नआउँदासम्म स्थगित प्रदेश सभाको अधिवेशनकैबीच नामकरणका सहमति जुटाउने गरी छलफल थालिएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्