आगामी रणनीति तय गर्न ठाकुर पक्षको बैठक जारी काठमाडौं। महन्थ ठाकुर पक्षको बैठक अहिले बबरमहल जारी रहेको छ। निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता उपेन्द्र यादवलाई दिएपछि पहिलोपटक ठाकुर पक्ष छलफमा जुटेका हो। बैठकमा निर्वाचन आयोगको फैसलापछि कसरी अगाडि बढ्ने, आगामी रणनीति, सर्वोच्चको मुद्दा, सरकारमा सहभागीतालगायतको विषयमा छलफल भइरहेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए। उनका अनुसार निर्वाचन आयोगको फैसलाको विरुद्ध अदालत जाने विषयमा पनि छलफल भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्