प्रचण्डको खुलासाः माधव नेपाल पक्ष पनि सरकारमा सहभागी हुने काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि सरकारमा सहभागी हुने भएको छ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल पक्ष पनि सरकारमा सहभागी हुने खुलासा गरेका हुन्। मंगलबार बिहान नेता नेपालसँग भेटेका प्रचण्डले सरकारमा सहभागी हुन उनी राजी भएको बैठकमा ब्रिफिङ गरेका एक स्थायी कमिटी सदस्यले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्