प्रदेश प्रमुख हेरफेरको तयारी, मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । सरकारले प्रदेश प्रमुखहरू हेरफेर गर्ने तयारी गरेको छ। यसबारे निर्णय गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। यसअघि केपी ओली नेतृत्वको सरकारले हटाएका प्रदेश २, गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरूलाई पुनः नियुक्ति गर्न सत्ता गठबन्धनबीच सहमति भएको स्रोतको भनाइ छ। आजै माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई नियुक्ति गर्न सिफारिस गर्ने निर्णय गरेको थियो।
प्रतिक्रिया दिनुहोस्
