कांग्रेसको क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ काठमाडौं। नेपाली कांग्रेसले आठ लाख ५२ हजार ७११ जना क्रियाशील सदस्य बनाएको छ। यीमध्ये चार लाख ९ हजार ३३ जनाको भने पुरानै सदस्यता नवीकरण गरिएको हो। १४ औं महाधिवेशन गर्न कांग्रेसले अघिल्लो महाधिवेशनको भन्दा दोब्बर क्रियाशील बनाएको छ। त्यसबेला चार लाख ८० हजार मात्रै क्रियाशील थिए। विवाद भएका केही जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका टुंगिएपछि झण्डै एकलाख क्रियाशील थपिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्