महन्थ ठाकुर पक्षले छुट्टै दल दर्ता गर्न सक्ने: निर्वाचन आयोग काठमाडौं। निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता प्रदान गर्दै अर्का अध्यक्ष महन्थ ठाकुर पक्षलाई छुट्टै दल दर्ता गर्न भनेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशप्रसाद थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको इजलासले जसपाका ५१ मध्ये ३४ कार्यकारिणी सदस्यले यादवको पक्षमा सनाखत गरेपछि त्यस्तो निर्णय दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्