सनाखतका लागि निर्वाचन आयोग पुगे रेशम चौधरी काठमाडौं। डिल्लीबजार कारागारमा रहेका जसपाका कार्यकारिणी सदस्य रेशम चौधरी निर्वाचन आयोग पुगेका छन्। उनी जसपाको आधिकारिकता विवाद निरुपणका लागि हस्ताक्षर सनाखत गर्न आयोग पुगेका हुन्। यसअघि आयोगले कारागारमै पुगेर चौधरीको सनाखत लिइने बताएको भएपनि पछि उनलाई आयोगमै ल्याइएको हो। चौधरीलाई प्रहरीले गाडीमा आयोगमा ल्याएको थियो। आयोग परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले नेताहरुसँग छलफल गरी सनाखत गर्ने निर्णय लिने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्