हाम्रै सरकार त हो नि, चाँडै नै सहभागी हुन्छौंः उपेन्द्र यादव काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले चाँडै नै सरकारमा सहभागी हुने बताएका छन्। हेडकाउण्टका लागि निर्वाचन आयोग पुगेका यादवले सञ्चारकर्मीसँग भने, 'हामी सत्ता साझेदार हौँ, हाम्रै सरकार त हो, चाँडै नै सहभागी हुन्छौं।' कारागारमा रहेका रेसम चौधरीलाई सत्ताको शक्ति प्रयोग गरेर सनाखतका लागि आयोग ल्याइएको हो? भन्ने प्रश्नमा यादवले भने, 'उहाँकै इच्छाले आउनुभएको हो, उहाँलाई नै सोध्दा हुन्छ।'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्