जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ । आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्