आयोगमा पार्टी फोड्ने माग नै होइन, कसरी पार्टी विभाजित हुन्छ : शरतसिंह भण्डारी काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता शरतसिंह भण्डारीले निर्वाचन आयोगले आफ्नो पार्टी विभाजन गर्न नसक्ने बताएका छन्। आयोग परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी विभाजनको माग नै कसैले नगरेकाले आयोगले पार्टी विभाजन गर्न नसक्ने दाबी गरे। पार्टीमा दुईखाले विचार आएकाले कुनचाँही समितिले गरेको निर्णय आधिकारिक हो भन्ने माग मात्रै आयोगमा पुगेको भन्दै उनले आफूहरुको कदम र निर्णयप्रति कुनै आत्माग्लानी नभएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्