निर्वाचन आयोग पुगे जसपाका नेताहरु, सनाखत प्रक्रिया जारी काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का दुवै पक्षका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका केन्द्रीय कार्यकारिणी सदस्यहरुहरुले आ–आफ्नो पक्षमा सनाखत गरिरहेका छन्। आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरुको हेडकाउन्टमार्फत जसपाको विवाद टुंग्याउन लागेको हो। हाल आयोगमा दुवै पक्षको सनाखतका लागि छुट्टाछट्टै ठाउँको व्यवस्था गरिएको छ। नेताहरुको आ–आफ्नो पक्षमा सनाखत गर्ने क्रम अहिले जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्