आज पनि माधवकुमार नेपाल पक्षको बैठक बस्दै काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। नयाँ बानेश्वरमा बस्ने बैठक पार्टी एकता कायम राख्ने सन्दर्भमा केन्द्रित हुने स्थायी समिति सदस्य रघुजी पन्तले जानकारी दिए। हिजोको बैठकमा नेता भीम रावलले १० बुँदे प्रस्तावबारे जानकारी गराएका थिए। एमाले एकताका लागि दबाब दिन भन्दै हिजो केही सांसदहरूले कार्यदलका सदस्यहरूसँग छलफल पनि गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्