जसपाको आधिकारिकताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै काठमाडाैं। जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दैछ। आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ। महन्थ ठाकुर पक्षको माग बमोजिम सर्वोच्चले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो। दुवै पक्षले आधिकारिकता दाबी गरेपछि निर्वाचन आयोगले कार्यकारिणी समितिका सदस्यको सनाखतबाट निर्णय लिन लागेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्