तोकिएकै मितिमा महाधिवेशन हुनुपर्नेमा पौडेल पक्षको जोड काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन हुनुपर्नेमा जोड दिएको छ। स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो। पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले बताए। कांग्रेस महाधिवेशन भदौ १६–१९ मा काठमाडौँमा हुने तय गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्