बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी, माधव नेपाल पनि सहभागी काठमाडौं। सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। बैठकमा काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धन दलका अध्यक्षहरू पुष्पकमल दाहाल प्रचण्ड, उपेन्द्र यादव, चित्रबहादुर केसी सहभागी छन्। शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पहिलो पटक गठबन्धनको बैठकमा सहभागी भएका छन्। बैठकमा गठबन्धनलाई अझै मजबुत बनाउने, मन्त्रिपरिषद् विस्तार तथा समसामयिक राजनीतिबारे छलफल भइरहेको सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्