विप्लव र बादलबीच भेटवार्ता काठमाडौं। नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा एमालेका नेता रामबहादुर थापा बादलबीच भेटवार्ता भएको छ। पूर्वमाओवादी नेता 'बादल'लाई भेट्न विप्लव नेताहरू खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगरसहित उनको निवासमा पुगेका थिए। सशस्त्र युद्धमा सहभागी दुवै नेताहरू तत्कालीन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा सँगै थिए। पछिल्लो हप्ता विप्लवले नेताहरुसँगहरुको भेटघाटलाई तीव्रता दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्