यादव पक्षको जसपा कार्यकारिणी समिति बैठक जारी काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा काठमाडौंमा रहेका कार्यकारिणी सदस्य सहभागी छन्। बैठकमा निर्वाचन आयोगको निर्णय, सर्वोच्च अदालतको मुद्दा, संसदीय दलको विधान अनुमोदन, संसदीय दलको निर्वाचन गराउन निर्वाचन समिति गठनलगायतका विषयमा छलफल भइरहेको प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्