सर्वोच्चमा मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेल– जसपा नेता खतिवडा काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)का नेता डम्बर खतिवडाले पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दायर मुद्दा निर्वाचन आयोगको प्रक्रिया लम्ब्याउने खेलमात्रै भएको आरोप लगाएका छन्। अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेता खतिवडाले आयोगले आफूहरुको पक्षमा निर्णय गर्ने निश्चित भएपछि प्रक्रिया लम्ब्याउन ठाकुर पक्षले सर्वोच्चमा मुद्दा दायर गरेका बताएका हुन्। निर्वाचन आयोगले साउन१०गते केन्द्रिय कार्यकारिणी सदस्यहरुको सनाखतका लागि दुवै पक्षलाई बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्