राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शुक्रबार साँझ शीतलनिवास पुगेका थिए। राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको जानकारी दिए। प्रधानमन्त्रीको शपथग्रहणपछि देउवाले पहिलो पटक राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्। यसअघि विपक्षी दलका नेता केपी शर्मा ओलीले राष्ट्रपतिसँग भेटवार्ता गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्