सर्वोच्चले संसद् पुनर्स्थापना मात्रै गर्न मिल्छ, बाँकी काम संसद्ले गर्ने होः सांसद सुवाल काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सर्वोच्च अदालतले यदि असंवैधानिक भएको भए संसद् पुनर्स्थापना मात्रै गर्न मिल्ने बाँकी काम संसद् आफैले गर्नुपर्ने बताएका छन्। सर्वोच्चले प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएर संसद्को सर्वोच्चतामाथि धावा बोलेको उनको भनाइ थियो। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद सुवालले पाँचौँ पटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले विगतमा गरेको गल्ती नदोहोर्‍याउने आफूले अपेक्षा गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्