सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु काठमाडौं। सत्तारुढ गठबन्धनद्वारा सरकार सञ्चालनमा सहजीकरणका लागि गठित कार्यदल बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह४बजेदेखि बैठक जारी रहेको छ। बैठकमा कार्यदलका संयोजक पूर्णबहादुर खड्कासहित कांग्रेसबाट मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ, जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सहभागी छन्। कार्यदलकोे सरकार सञ्चालनका लागि साझा नीति–कार्यक्रम र आवश्यक रायसुझाव दिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्