कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्दै काठमाडौं।नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक बस्दैछ। आज बिहान ९ बजे बुढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासका बस्ने बैठकमा १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका औपचारिक कार्यक्रम नगर्ने बताएका छन्। क्रियाशील सदस्यतामा धाधली भएको भन्दै सानेपा कार्यालयमा बारा, सप्तरी र सर्लाहीका नेता तथा कार्यकर्ता १३ दिनदेखि धर्नामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्