गण्डकीमा माओवादीले टुंग्यायो मन्त्रीको नाम पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। माओवादीबाट रामजी बरालले अर्थ, चन्द्रबहादुर बुढाले कृषि र दीपक धर्तीमगरले वन तथा वातावरण मन्त्रालय पाउने भएका छन्। माओवादीबाट मधुमाया अधिकारी यसअघि नै स्वास्थ्यमन्त्री भइसकेकी छन्। बिहिवार ११ मन्त्रालयमध्ये माओवादीले–४, कांग्रेसले–५, जसपाले–१ र स्वतन्त्रले–१ पाउने गठबन्धनमा सहमति जुटेको हो। उनीहरुको सपथ भोलि हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्