हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रदर्शन काठमाडौं। हरेक क्षेत्रमा हुने विभेदविरुद्ध प्रतिरोध जनाधिकार आन्दोलन समूहले विरोध प्रदर्शन गरेको छ। सो समूहले बिहीबार माइतीघरमा जम्मा भई विभिन्न जात, लिङ्ग, वर्ण आदिमा हुने विभेदविरुद्ध प्रदर्शन गरेको हो। ‘प्रतिरोध जनाधिकार आन्दोलन समूह’ले आयोजना गरेको उक्त प्रदर्शन माइतीघरबाट सुरु भई नयाँ बानेश्वर पुगेर टुङ्गिएको थियो। कार्यक्रममा विभिन्न कवि, गायकलगायतको उपस्थिति भएको थियो भने उनीहरूले कविता वाचनसहित गीत प्रस्तुत गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्