जसपा विवाद आज टुंगिदै, कसले पाउला आधिकारिकता ?
काठमाडौं।निर्वाचन आयोगले जनता समाजवादी पार्टी(जसपा)को आधिकारिकता सम्बन्धी विवादको आज टुंगो लगाउने भएको छ।आयोगको इजलासमा आज अन्तिम बहस हुने र सकेसम्म आजै आदेश आउन सक्ने आयोग स्रोतले जनाएको छ।केन्द्रीय कार्यकारिणी समितिको बहुमत उपेन्द्र पक्षले दाबी गरेको छ।हाल जसपाको केन्द्रीय कार्यकारिणी समिति र संसदीय दल दुवैतिर उपेन्द्र यादव पक्षको बहुमत देखिएको छ।पछिल्लो पटक महन्थ ठाकुर पक्षका केही सांसद यादव पक्षमा लागेका छन्।
प्रतिक्रिया दिनुहोस्
