अपमान सहेर पार्टीमा बसिन्नँः माधवकुमार नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताएका छन्। दास कम्युनिस्ट हुन नसक्ने भन्दै उनले अपमान र गलत कुरा सहेर पार्टीमा बस्न नसकिने बताए। पुष्पलाल श्रेष्ठको४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताए। कम्युनिस्ट पार्टी बिग्रिएपछि अरुभन्दा बढी गनाउने बताए।
प्रतिक्रिया दिनुहोस्