स्पष्टीकरण प्रकरणले पार्टी एकतामा भाँजो हाल्योः माधव नेपाल समूह काठमाडौं। नेकपा एमाले माधव नेपाल समूहले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सांसदमाथि स्पष्टीकरण सोध्ने कामले पार्टी एकताको प्रयासमा भाँजो हाल्ने काम गरेको निष्कर्ष निकालेको छ। माधव समूहको बुधबार बसेको स्थायी कमिटी बैठकले स्पष्टीकरण र नाराबाजी छाडी पार्टी एकतालाई अघि बढाउन अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने निर्णय गरेको छ। बैठकले स्पष्टीकरण, कारबाहीलगायतका गतिविधिले एकताको वातावरण बिथोलेको भन्दै ध्यानाकर्षण गराएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्