प्रधानमन्त्री र विप्लवबीच भेटवार्ता काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवालाई भेट्न विप्लवसहित पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा र धर्मेन्द बास्तोलाको बालुवाटार पुगेका हुन्। जारी भेटवार्तामा सरकारकातर्फबाट गृहमन्त्री बालकृष्ण खाण पनि उपस्थित छन्। शान्ति प्रक्रियामा आएसँगै अघिल्लो सरकारसँग भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि विप्लवले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्