भीम रावल फकाउनलाई निवासमै पुगे माधव नेपाल काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी उपाध्यक्ष भीम रावललाई भेट्न उनको निवास टोखा पुगेका छन्। बुधबार आफू पक्षीय नेताहरूको स्थायी कमिटी बैठकमा रावल अनुपस्थित भएपछि नेपाल उनलाई भेट्न निवासमै पुगेका हुन्। ३ साउनमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने वा नदिने भन्नेमा कुरा नमिल्दा रावलले सांसदबाट राजीनामा दिएका थिए। नेपालले राजीनामाका सम्बन्धमा पुनर्विचार गर्न सुझाव दिएको बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्