गठबन्धनले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउँछः माओवादी केन्द्र काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले वर्तमान सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम ल्याउने निर्णय गरेको छ। बैठकले गठबन्धनमा सहभागी दलहरू सम्मिलित कार्यदल बनाएर न्यूनतम साझा कार्यक्रममार्फत सरकार अगाडि बढाउन आह्वान गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। गठबन्धन अब मुख्यतः सरकारको नीति, कामकारबाही, व्यवहार र आचरण साथै जनतासँग गरेको प्रतिबद्धता पुरा गर्नमै केन्द्रित हुनुपर्नेमा बैठकले जोड दिएको उनले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्