माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै काठमाडौं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज २ बजे पार्टी कार्यालय पेरिसडाडाँमा बस्दै छ। बैठकमा सरकारमा जाने मन्त्रीहरुको बारेमा छलफल हुने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। शेरबहादुर देउवा नेतृत्वको सरकारमा हाल माओवादी केन्द्रका पम्फा भुसाल ऊर्जामन्त्री र जनार्दन शर्मा अर्थमन्त्री छन्। अन्य मन्त्रीहरुको विषयमा मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्