एमाले बैठकः पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे प्रदेश अध्यक्षहरुको बिफ्रिङ काठमाडौं। नेकपा एमाले केन्द्रीय समितिको मंगलबारको बैठक सकिएकोछ। बैठकमा पार्टी फुट भएमा हुने सांगठनिक क्षतिबारे सातै प्रदेशका अध्यक्षहरुले ब्रिफिङ गरेका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए।ज्ञवालीका अनुसार प्रदेश अध्यक्षहरुले वर्तमान पार्टीको अवस्था,राजनीतिक शक्ति सन्तुलन र पार्टी फुट भइहालेमा हुनसक्ने सांगठनिक क्षतिको बारेमा ब्रिफिङ गरेका थिए।बैठकमा विगठीत एकता कार्यदलका संयोजक सुवास नेम्वाङले पार्टी एकताका निम्ति गरेका प्रयासहरुको बारेमा ब्रिफिङ गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्