प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटारस्थित प्रचण्ड निवास पुगेका छन्। बिरामी रहेकी प्रचण्ड पत्नी सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा प्रचण्ड निवास पुगेको प्रचण्डको सचिवालयले जनाएको छ। हाल दुई नेताहरुबीच वार्ता चलिरहेको जनाइएको छ। आजै बिहान माओवादी अध्यक्ष प्रचण्डले बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्