ओली सरकारले जेठ ८ पछि गरेका नियुक्ति खारेज गर्ने प्रचण्ड र देउवाबीच सहमति काठमाडौं। अघिल्लो सरकारले असंवैधानिक ढंगले गरेका सबै नियुक्तिहरु खारेज गर्ने निर्णय सरकारले गरेको छ। मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटवार्तामा सो निर्णय गरिएको जनाइएको छ। भेटवार्तामा साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारे पनि छलफल भएको प्रचण्ड निकट स्रोतले जनाएको छ। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले झण्डै ३दर्जन नियुक्ति गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्