स्पष्टीकरण सोध्ने समाचार मात्रै आयो पत्र आएको छैन : एमाले सांसद खापुङ काठमाडौं।नेकपा एमालेका सांसद भवानीप्रसाद खापुङले पार्टीले स्पष्टीकरण सोध्ने भनेर समाचारहरु आइरहेपनि अहिलेसम्म स्पष्टीकरण–पत्र भने नआएको बताएका छन्।पत्र नै नआएकाले यस विषयमा के गर्ने भनेर भन्न नसकिने भन्दै उनले पत्र नै आइहालेमा चाँही आफूहरुले कानुनी उपचार खोज्ने स्पष्ट पारे।माधव नेपाल समूहमा रहेका सांसद खापुङले भने–“मैले पनि स्पष्टीकरण सोध्ने भनेर समाचारमा पढे, पत्र आएको छैन, पत्र आएमा समूहमा छलफल गरी निर्णय गर्छौं।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्