मापदण्ड विपरित देउवा सरकारले थप्यो प्रचण्डको सुरक्षाकर्मी काठमाडौं। देउवा सरकारले सुरक्षा थ्रेट बढेको भन्दै मापदण्डविपरीत नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाकर्मी संख्या बढाएको छ। गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालले भने,“सुरक्षा निकायले गरेको पछिल्लो विष्लेषणअनुसार प्रचण्डको सुरक्षामा थ्रेट देखिएको छ। सोही विष्लेषणअनुसार सुरक्षार्कीको संख्या बढाएको हो।”साउन १ गतेको निर्णयअनुसार सुरक्षाकर्मीको संख्या बढाएको गृहमन्त्रालयले बताएको छ। प्रचण्डलाई कुन लेभलको सुरक्षा दिइएको भन्ने जानकारी भने दिन नमिल्ने दाहालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्