११ राजदूत नियुक्ति गर्ने ओली सरकारको निर्णय खारेज काठमाडौं। सरकारले विभिन्न देशका राजदूत नियुक्ति सम्बन्धी अघिल्लो सरकारको निर्णय खारेज गरेको छ। मन्त्रिपरिषद्को सोमबारको बैठकले संसदीय सुनुवाइ बिनै राजदूत नियुक्त गर्ने अघिल्लो सरकारको निर्णय खारेज गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले गत जेठ १ गते अस्ट्रेलिया, दक्षिण कोरिया, डेनमार्कलगायत विभिन्न ११ देशमा राजदूत नियुक्ति गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्