एसइईको नतिजाअगावै कक्षा ११ मा भर्ना नलिनु : महानगर रासस। काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबै विद्यालय तथा कलेजलार्ई आग्रह गरेको छ। “भर्ना गर्दाको समयमा नै ११ र १२ मा विद्यार्थीसँग लिने शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नबनाउनु,” महानगरले भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्