देउवा सरकारले प्रलोभनमा पारेको प्रमाण भेटिए राजीनामा दिन्छुः पार्वती विसुंखे काठमाडौं। नेकपा एमाले नेतृ पार्वती विसुंखेले सत्तापक्षले कुनै प्रलोभनमा पारेर विश्वासको मत लिएको प्रमाण भेटिए संसद्बाट राजीनामा दिने बताएकी छन्। पार्टीको सदन र संविधान बचाउनको लागि देउवालाई विश्वासको मत दिएको विसंखुले बताइन्। संविधानको धारा ४६ (५) अनुसार विशेष अवस्थामा स्वविकेकको निर्णय गर्ने अधिकारलाई आफूले प्रयोग गरेको उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्