प्रधानमन्त्री देउवाद्वारा कोरोना खोप सञ्चालन गरेका ६ अस्पतालको अनुगमन काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले आज विभिन्न अस्पतालको अनुगमन गरेका छन्।कोरोना खोप सञ्चालन गरिरहेका अस्पताल पुगेर उनले त्यहाँ भइरहेको गतिविधिको जानकारी लिएका हुन्।“आज उपत्यकाका अर्थोपेडिक अस्पताल जोरपाटी,शिक्षण अस्पताल महाराजगञ्ज,वीर अस्पताल, नेपाली सेना र स्थानीय निकायले सामाखुसीमा संचालल गरेको खोप केन्द्र र ललितपुर महानगरपालिकाले संचालन गरेको कुपण्डोल खोप केन्द्रको अनुगमन गरेको छु। खोप केन्द्रलाई व्यवस्थित बनाउन पनि निर्देशन गरेको छु”,प्रधानमन्त्री देउवाले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्