एमालेको केन्द्रीय समितिको बैठक जारी, माधव नेपाल पक्ष अनुपस्थित काठमाडौं।नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी छ। एकता कार्यदलको सहमतिको अनुसार २०७५ जेठ २ अघिको केन्द्रीय कमिटीको बैठक बसिरहेको हो। यसअघि १४ औं बैठक भनिएकोमा आजको बैठकको ब्यानरमा दशौं केन्द्रीय कमिटी बैठक लेखिएको छ।बैठकमा माधव नेपाल पक्ष भने सहभागी छैन। एमाले कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान अधिवेशन र पार्टीको निर्देशन अवज्ञा गर्ने नेतामाथि कारबाहीका सन्दर्भमा छलफल भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्